मन्त्री सुदन किराँती आफ्नो कार्यकक्ष पोछा लगाउँदै



सुदन किराँती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आज आफ्नो कार्यकक्ष आफैँ सफा गरिरहेको तस्बिर निकै चर्चामा रहेको छ ।  सामाजिक सन्जालमा सेयर गरिएको एक भिडियोमा उनले आफ्नो कार्यकक्षमा पोछा लगाइरहेको देखिन्छ ।

मन्त्री किराँतीको प्रेस संयोजकको भूमिका निर्वाह गर्दै आएका राजन राईले उक्त भिडियो आज बिहानको भएको जानकारी गराएका हुन् । कार्यालय सहयोगी कर्मचारीले सफा गर्न नभ्याएपछि मन्त्री किराँतीले आफ्नो कार्यकक्ष आफैँ सफा गरेका जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्