काँग्रेसद्धारा निर्वाचन समिति गठन



काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसले सङ्घीय संसद्, संसदीय दल कार्यसमितिको निर्वाचन गराउन निर्वाचन समिति बनाएको छ । शुक्रवार बसेको कार्यसमिति बैठकले सहमहामन्त्री भीष्मराज आङ्दम्बेको संयमेजकत्वमा तीन सदस्यीय समिति बनाएको हो ।

समितिमा पुष्पा भुसाल र प्रकाश रसाइली स्नेही सदस्य छन् । बैठकले महासमितिमा पेस गर्ने तीन वटै प्रतिवेदन प्राप्त सुझावलाई समावेश गरी परिमार्जन सहित पेस गर्ने गरी पास गरेको हो ।

प्रतिक्रिया दिनुहोस्