प्रजातन्त्र (Democracy) : एक विवेचना



 काठमाडौँ ।  प्रजातन्त्र भन्ने विषय शताब्दी सर्वत्र चासो र चाहनाको विषय बनेको छ । आजको विश्वमा प्रजातान्त्रिक व्यवस्था छाएका पनि देखिन्छ । त्यही प्रजातन्त्रको सम्पूर्ण पक्षलाई विवेचना  गर्ने जमर्को तल गरिएको छ । वास्तवमा जनताको शक्ति वा जनशक्ति भन्नाले प्रजातन्त्र भन्ने बुझिन्छ । प्रजातन्त्र भनेको देश जनता र शासनसँग सम्बन्धित विषय हो । देश, शासन सञ्चालनको सम्पूर्ण भार एक व्यक्तिमा नभई बहुसङ्ख्यक जनतामा रहन्छ भने त्यसलाई प्रजातन्त्र भनिन्छ । विशेषतः जनताको महत्त्व रहेको शासन व्यवस्थालाई नै प्रजातन्त्र भनिन्छ । मानिसलाई खान,लगाउन,भौतिक सुख–सुविधा तथा पर्याप्त धन सम्पत्तिले मात्र पुग्दैन । उसलाई यसको अलावा वैयक्तिक स्वतन्त्रता पनि चाहिन्छ ,जुन प्रजातन्त्रमा मात्र सम्भव छ । त्यसो त विश्वमा विभिन्न युग आए गए जस्तै  आदिम साम्यवादी युग, दास युग, सामन्त युग पुँजीवादी युग जनताको सामु टिक्न सकेन तर प्रजातान्त्रिक युग, भने सफलताको साथ चलिरहेको छ । त्यसो त प्रजातन्त्री युग को विरुद्धमा पनि विभिन्न मुलुकहरूमा विद्रोह नभएको होइन, तर पनि कुनै पनि विद्रोह जनताको मन जित्न सकेको छैन । यस प्रजातन्त्रमा पनि भ्रष्ट र तस्करहरू उच्च ओहोदामा पुगेको हुनाले केही जनतामा नकारात्मक असर परेको देखिन्छ । त्यसो त कुनै पनि व्यवस्था सम्पूर्ण जनताको लागि समर्पित भएको देखिएको छैन बाहेक “प्रजातान्त्रिक व्यवस्था” । वास्तवमा जनताले उचित प्रतिनिधि चुन्न सके प्रजातन्त्रको विकल्पमा अन्य व्यवस्था नटिक्ने कुरा आजको विश्वमा प्रमाणित भैसकेको छ ।

प्रजातन्त्रलाई अङ्ग्रेजीमा (Democracy) भनिन्छ भने ग्रीकमा म्झयक भनिन्छ । Demos अर्थात् म्झयक शब्द  (Democracy) Demos दुई शब्दबाट बनेको हो । प्रजातन्त्र शब्दको प्रयोग Kratia / Kratos भन्ने व्यक्तिले उनको पुस्तक Eckosnmia मा करिब २५०० वर्ष अगाडि प्रयोग गरेका थिए । प्रजातन्त्रको विषयलाई लिएर विश्व प्रसिद्ध राजनेता तथा राजनीतिक शास्त्रका विद्धानहरूको के भनेका छन् भन्ने कुरा यहाँ प्रस्तुत गरिएका छ । अब्राहम लिंकन–“प्रजातन्त्र जनताको जनताकै निम्ति जनताद्वारा शासन चलाउने व्यवस्था हो ।” एरिस्टोटल–“प्रजातन्त्र सरकार र राज्यको बहुसङ्ख्यक जनताको शासन हो । ”हेरिडिट्स–“प्रजातन्त्र त्यस किसिमको संज्ञा हो । जसमा राज्यको सर्वोच्च स्थान जनतामा निहित रहन्छ ।” अरस्तु–“प्रजातान्त्रिक सरकार राज्यको बहुसङ्ख्यक जनताको शासन हो ।” डब्लु केथेने–“प्रजातन्त्र भनेको शिष्टता र सभ्यताको पहिचान हो ।” हेनरी क्युरी–“प्रजातन्त्र भनेको शिष्टता र सभ्य जीवनको प्रद्धति हो ।” यसबाट के स्पष्ट हुन्छ भने प्रजातन्त्र सम्पूर्ण जनताको व्यवस्थ भएको हुनाले प्रजातन्त्र विश्वको उत्कृष्ट व्यवस्था हो । आजको विश्वमा प्रायः सम्पूर्ण  देशहरुले प्रजातन्त्रिक प्रणालीलाई आफ्नो शासन व्यवस्था बनाइरहेको छन् । वर्तमान सन्दर्भमा जनताद्वारा निर्वाचित प्रतिनिधिहरुद्धारा चलाइने शासन व्यवस्थालाई प्रजातन्त्र भनिन्छ  ।

प्रजातन्त्र भनेको त्यो राजनैतिक व्यवस्था हो, जुन बिसौँ शताब्दीमा विकसित भएको हो । साँचो अर्थमा प्रजातन्त्रको इतिहास लामो छ । जब राज्य सत्ताको उत्पत्ति भयो, त्यसपछि नै प्रजातन्त्र स्थापना गर्ने चेष्टा जनतामा हुँदै आयो । मध्य युगमा नै अरस्तुको समयमा युनानका जनप्रतिनिधिको धारणा स्वरूप प्रजातन्त्रको बिउ रोपियो र १३ औँ शताब्दीको प्रारम्भदेखि नै प्रजातन्त्रको पुनर्स्थापना अनेकौँ क्रान्तिहरू हुन सुरु भयो । ती क्रान्तिहरूको विकास यसरी भएको देखिन्छ –युरोपमा आएको पुनर्जागरण अभियानले जनतामा नयाँ क्रान्ति ल्यायो, जनताको मानव चेतनामा नयाँ सोच पलायो । प्रजातन्त्र प्रति जनताको महत्त्व बढायो । राजनीति, विज्ञान साहित्य, संस्कृतिमा विकासको लहर पैदा गरायो । सन् १६८८ मा बेलायतमा यस्तो राजनैतिक क्रान्ति भयो जसमा न त रक्तपात भयो न त निरङ्कुशताले टाउका उठाउन नै सक्यो, त्यस समयमा राजतन्त्रको अन्त र प्रजातन्त्रको प्रादुर्भाव भयो, अर्थात् राजको अधिकारलाई कम गरी संसदीय व्यवस्थालाई सर्वोच्चता प्रदान ग¥यो । उता सन  १७७६ मा भएको अमेरिकाको स्वतन्त्रता सङ्ग्रहले अमेरिकालाई ब्रिटिस उपनिवेशबाट स्वतन्त्रता मात्र दिलाएन, प्रजातन्त्रको स्थापना पनि गरायो । अमेरिकामा काँग्रेस र सिनेट गरी दुई सदनात्मक व्यवस्था लागु गरियो त्यसपछि अमेरिका विश्वमा प्रजातन्त्रको लागि एउटा उदाहरण नै बन्न पुग्यो । उता सन् १७८९ को फ्रान्सको राज्यक्रान्तिले पनि विश्व प्रजातन्त्रको लागि ठुलो योगदान पु¥याउन सफल भयो । सन् १७८९को क्रान्तिले फ्रान्समा निरङ्कुशताको अन्त गरी प्रजातन्त्रको स्थापना गरायो । जुन प्रजातन्त्रको स्वतन्त्रता, समानता र भातृत्वको सन्देश दिन सफल भयो ।

अव लगौँ प्रजातन्त्रको प्रकार तर्फ । प्रजातन्त्र दुई प्रकारको हुन्छ 

(क) अप्रत्यक्ष प्रजातन्त्

(ख) प्रत्यक्ष प्रजातन्त्र ।

यी दुई प्रजातन्त्रको बिचमा विस्तृत जानकारी यस प्रकार छ ।

(क) अप्रत्यक्ष प्रजातन्त्र :

राज्य सञ्चालनको सम्पूर्ण भार अर्थात् राज्यका निर्माण जनताद्वारा चुनिएर गएका जनप्रतिनिधिहरूले गर्दछन् भने त्यसलाई अप्रत्यक्ष प्रजातन्त्र भनिन्छ । अप्रत्यक्ष प्रजातन्त्रमा जनता स्वयम् सहभागी नभई जनताद्वारा चुनिएर गएका जनप्रतिनिधिहरूले देशका लागि कानुन बनाउने, राज्यको सञ्चालन तथा नियन्त्रण गर्ने गर्दछन् तसर्थ जनप्रतिनिधि चुन्ने सम्पूर्ण अधिकार जनतामा हुने हुँदा  अप्रत्यक्ष प्रजातन्त्र पनि अन्ततः ः जनतामा आधारित हुन्छ । आजको विश्वमा अप्रत्यक्ष प्रजातन्त्रको नियन्त्रणबाट राज्य सञ्चालन भएको देखिन्छ ।

(ख) प्रत्यक्ष प्रजातन्त्र :

 राज्यका जनताहरू स्वयम् राजनैतिक मैदानमा उत्रिएर राज्यका व्यवस्था आफै सञ्चालन गर्दछन् भने त्यसलाई प्रत्यक्ष प्रजातन्त्र भनिन्छ । प्रत्यक्ष प्रजातन्त्रमा देशका नागरिकहरू एक ठाउँमा भेला भएर छलफल गर्दछन् र त्यसै भेलाबाट शासन सञ्चालनका लागि आवश्यक पर्ने नियम बनाउने, संशोधन गर्ने इत्यादि कार्यहरू गर्दछन् । जस्तै,उदाहरणको रूपमा हामी प्राचिनकालमा ग्रीस र रोम जस्तै स्वट्जरल्याण्ड र अमेरिकालाई लिन सक्छौ । जहाँ प्राचिनकालमा प्रत्यक्ष प्रजातन्त्र आएको थियो । तर आजको विश्वमा प्रत्यक्ष प्रजातन्त्रको नियम लोप हुँदै गइरहेको छ ।

प्रजातन्त्रमा कुनै पनि व्यक्तिलाई बोल्ने, लेख्ने, सभा–सङ्गठन गर्ने, मुलुकका जुनसुकै क्षेत्रमा आवत जावत गर्न पाउने स्वतन्त्रता हुन्छ । जनतामा प्रेस स्वतन्त्रता हुन्छ र उनीहरूमा सरकारको पनि आलोचना गर्न अधिकार हुन्छ ।प्रजातन्त्र नै संसारमा यस्तो व्यवस्था र परिपाटी हो,जहाँ सयौँ विचारहरू र सिर्जनाहरू फुल्ने  फल्ने अवसर पाउँदछन् ।राष्ट्र र जनताको सर्वाङ्गीण विकास प्रजातन्त्रमा हुन्छ भने स्वतन्त्रता, समानता र विकास त प्रजातन्त्रको विशेषता नै हो । आजको विश्वमा प्रजातन्त्रको विरोधी व्यक्ति पनि नभएका होइनन् , तर उनीहरूको भावनाको पनि कदर गर्दै प्रजातन्त्रलाई एककाइसौ शताब्दीको मोडल अनुसार परिमार्जित गर्दै गएमा यो विश्व प्रजातन्त्रको परिधि भित्र युगौँ युगसम्म बाँधिन छ वा बाँधिनु पर्दछ ,यही नै विश्ववासी जनताको धारणा हो ।  नेपालमा पनि फागुन ७ गतेलाई प्रजातन्त्र दिवसको रूपमा मनाइन्छ । नेपाल सरकारले यस वर्ष २०८०को प्रजातन्त्र दिवस भव्यताको साथ मनाउने निर्णय गरेको छ । प्रजातन्त्र दिवसको उपलक्ष्यमा हामी सम्पूर्ण प्रजातन्त्र प्रेमी नेपालीहरूमा हार्दिक शुभ कामना व्यक्त गर्दछौ,…धन्यवाद !

लेखक : मिलन आफन्त (शताब्दी वर्ष व्यक्ति)

प्रतिक्रिया दिनुहोस्