काँग्रेसका ६ शुभेच्छुक संस्थाहरूले गरे महासमिति बैठक बहिष्कार



काठमाडौँ । नेपाली काँग्रेसका ६ शुभेच्छुक सङ्घ संस्थाहरूले महासमितिको बैठक बहिष्कार गरेका छन् । ट्रेड युनियन काँग्रेस, नेपाल शिक्षक सङ्घ, नेपाल डेमोक्रेटिक लयर्स एसोसियसन, प्रजातान्त्रिक चिकित्सक सङ्घ, सेन्टर फर डेमेक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)र नेपाल प्रेस युनियनले  महासमितिको बैठक बहिष्कार गरेका हुन् ।

आफूहरूले पठाएका प्रतिनिधिहरूको नाम समावेश नगरिएको भन्दै यी  संघ संस्थाहरूले बैठक बहिष्कार गरेका हुन् । पार्टीको विधानअनुसार केन्द्रीय अध्यक्षसहित एक संस्थाबाट तीन जना महासमिति व्यवस्था भए पनि त्यसो नगरिएको भन्दै यी ६ शुभेच्छुक संस्थाले आपत्ति जनाएका छन् ।

संस्थाका अध्यक्षलाई महासमितिमा आमन्त्रित सदस्य रहने गरी निर्णय गरिएको थियो । सोमबारदेखि ललितपुरको गोदावरीमा सुरु भएको महासमिति बैठकमा आज मङ्गलवार बन्द सत्र सुरु हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्