नेपालीले अब भारतीय सीमकार्ड सजिलै लिन पाउने भए



काठमाडौँ । नेपालीहरूले भारतमा भारतीय सिमकार्ड  सजिलै तरिकाले पाउने भएका छन् । भारतका लागि नेपाली राजदूत डा। शंकरप्रसाद शर्माले सामाजिक सञ्जाल एक्समार्फत् यो जानकारी गराएका हुन् ।

अब नेपाली नागरिकहरूले आफ्नो राहदानी, नागरिकताको प्रमाणपत्र, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचय पत्रको आधारमा भारतको सीमकार्ड लिन पाउने जानकारी गराएका हुन् ।

यसअघि नेपाली नागरिकहरूले भारतीय सिमकार्ड पाउँदैनथे । यसअघि नेपाली नागरिकहरूले भारतीय सिमकार्ड पाउँदैनथे । भारत पुगेका नेपालीहरूले भारतीय नागरिककै सिमकार्ड प्रयोग गर्नुपर्ने बाध्यता रहेको थियो ।

 ‘यसअघि प्राविधिक कारणले नेपालीलाई भारतीय सीमकार्ड दिन अस्वीकार गरिएको थियो । हाम्रो अनुरोधपछि भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालयले स्वीकार गरेको छ,’ डा.शर्माले एक्समा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्