कान्तिपुर सहकारीका अध्यक्ष ठकुरी पक्राउ



काठमाडौँ । कान्तिपुर सहकारीका अध्यक्ष हिमालयविक्रम मल्ल ठकुरी पक्राउ परेका छन् । प्रहरी वृत्त बानेश्वरका अनुसार सहकारी ठगी मुद्दामा ठकुरीलाई पक्राउ गरिएको हो । जिल्ला अदालत काठमाडौंबाट उनीसहित ६ विरुद्ध पनि पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।

ठकुरीलाई पक्राउ गरी अनुसन्धान भइरहेको छ । अन्य केहीको पक्राउ पुर्जी ल्याएर खोजी भइरहेको प्रहरीले जनाएको छ । सहकारी ठगी आरोपमा पीडितहरूको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत साता कान्तिपुर सहकारीलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्