क्यानडा-११ विरुद्ध नेपाल पहिलो ब्याटिङ गर्दै



काठमाडौँ । नेपाल ‘ए’ ले क्यानडा-११ विरुद्ध जारी एकदिवसीय सिरिजको तेस्रो तथा निर्णायक खेलमा ४ परिवर्तन गरेको छ । क्यानडा-११ का कप्तान साद बिन जफरले टस जितेर फिल्ड गर्ने निर्णय लिँदा नेपाल पहिलो ब्याटिङ गर्दै छ । मुलपानी क्रिकेट मैदानमा नेपाल ‘ए’ आज पनि सन्दीप जोराकै कप्तानीमा छ । नियमित कप्तान विनोद भण्डारी बिरामी भएका कारण उपस्थित नहुँदा सन्दीपले नै कप्तानी गरेका हुन् ।

नेपालले टोलीमा ४ परिवर्तन गरेको छ । मयन यादव, किरण ठगुन्ना, रिजन ढकाल र विवेक यादव बेन्चमा छन् । आशुतोष घिरैया, हेमन्त धामी, सुजन थपलिया र प्रतिश जिसी टोलीमा आएका छन् ।

क्यानडा-११ ले टोलीमा दुई परिवर्तन गरेको छ । दिलप्रित बज्वा र कलीम साना टोलीमा आएका छन् । कलीम नेपाल भ्रमणमा पहिलो पटक खेल्न लागेका हुन् । पहिलो खेलमा क्यानडाले ४ विकेटको जित दर्ता गरेको थियो । दोस्रो खेलमा नेपाल विजयी भएको थियो ।

नेपालको प्लेइङ११ : अर्जुन कुमाल, बसीर अहमद, राशीद खान, सागर ढकाल, शाहब आलम, सन्दीप जोरा (कप्तान), शेर मल्ल, सुजन थपलिया, हेमन्त धामी, आशुतोष घिरैया, प्रतिश जिसी

क्यानडा-११ :आरोन जोन्सन, नवनित धलिवल, निकोलस किर्तन, डिलोन हेलिगर, हर्ष ठाकर, साद बिन जफर (कप्तान), सृमन्थ विजयरत्ने, निखिल दत्त, अमर खालिद, कलीम साना, दिलप्रित बज्वा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्