किसान, भूमिहीन र सुकुमबासीहरुको आन्दोलनलाई सम्बोधन गर्न माग 



रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले किसानको आन्दोलनलाई सरकारले नजरअन्दाज गरिरहेको बताएका छन् । आज बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देशभरिका दूध किसान र मह किसानहरू मारमा पर्दा पाउडर दूध र नक्कली मह विदेशबाट आयात भइरहेको उनले बताए ।

उनले भने, ‘मेरो निर्वाचन क्षेत्र र देशभरका दूध किसान र मह किसानहरू मारमा परेका छन् । अर्कोतिर पाउडर दूध र नक्कली मह विदेशबाट आयात भइरहेको छ । किसानको आन्दोलनलाई नजरअन्दाज गरे किसानहरूले सरकार चाल्नेसम्मको सामर्थ्य राख्दछन् । होसियार रहनुहोला ।’

उनले भूमिहीन सुकुमबासीहरुलाई चुनावी फन्डका लागि भूमि दिइन्छ भनेर आश्वासन दिने गरेको भन्दै चुनावी फन्डा नभई सुकुमबासी आयोग र भूमि आयोगले विशेष ध्यान दिई समस्या समाधान गर्नुपर्नेमा सरकारको ध्यान जानुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्