पुनरावेदनका लागि सन्दीप उच्च अदालतमा



सन्दीप

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँले गरेको फैसलामाथि पुनरावलोकनको निवेदन लिएर उच्च अदालत पाटन पुगेका छन् । आजै निवेदन दर्ता गर्न उनी कानुन व्यवसायीसहित उच्च अदालत पाटन पुगेका हुन् ।

जिल्ला अदालत काठमाडौँले गौशाला २६ द्वारा दायर गरिएको बलात्कारको मुद्दामा सन्दीपलाई दोषी ठहर्‍याएर ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसलामाथि चित्त नबुझाउँदै सन्दीपले पुनरावेदन गर्न लागेका हुन् ।

दुई दिनअघि मात्रै शल्यक्रिया गराएका सन्दीप अदालत पुगेका हुन् । दाइ बालकृष्ण लामिछानेको हात समातेर उनी अदालतभित्र प्रवेश गरेका थिए । वकिल सरोज घिमिरेसहित उनीहरू एउटै गाडीमा अदालतसम्म आएका हुन् । पुनरावेदनको फैसला नआउन्जेल उनी जेल बस्नुपर्ने छैन ।

प्रतिक्रिया दिनुहोस्