विभिन्न स्थानमा भएको आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट



काठमाडौँ । आगलागीबाट देशभरका विभिन्न धनमाल जलेर नष्ट भएको छ । झापा, अर्जुनधारा नगरपालिका-५ खनालगाउँ बस्ने लेखनाथ खनालको घरमा बुधवार बिहान आगलागी हुँदा कुटि काट्ने मेसिन १ थान, काठपात, अन्नपात समेत जलेर करिब ३ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सुनसरी, कोशी गाउँपालिका-१ भन्सार लाईन बस्ने शिव कुमार मेहताको घरमा विद्युत सर्ट भई गएराति आगलागी हुँदा घर तथा घर नजिकै रहेको गोठ पूर्णरूपमा जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सर्लाही, धनकौल गाउँपालिका-७ बैरिया स्थित चौरमा ऊखुको पराल लोड गरी राखिएको सोही ठाउँ बस्ने उमेश सहनीको प्र।२- ०३-०१ त ५२४८ नम्बरको ट्याक्टरको ट्रली, अनटेस्ट लेखिएको ट्रली र सोही ठाउँ बस्ने मौजेलाल रायको ना।७ त ३८९३ नम्बरको ट्याक्टरको ट्रलीमा बुधवार राति आगलागी हुँदा ३ वटा ट्याक्टरको ट्रलीको भाग जलेर करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्