![](https://i0.wp.com/www.thenepaltop.com/wp-content/uploads/2024/01/election-1.png?fit=1280%2C720&ssl=1)
काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा १५ वैशाखमा उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको आइतबार २०८१ वैशाख १५ गते शनिवार उपचुनाव गर्ने निर्णय गरेको हो । सरकारको परामर्शमा उपनिर्वाचनको मिति निर्धारण गरिए हो ।
यो क्षेत्रबाट निर्वाचित तत्कालीन प्रतिनिधिसभा सदस्य नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको २६ भदौमा निधन भएको थियो । यस्तै बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा पनि १५ वैशाखमै उपचुनाव हुने भएको छ । यस क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्य नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंहको २५ असार २०८० मा गाडी दुर्घटनामा निधन भएको थियो ।