माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै 



स्थायी समिति बैठक

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक  आज बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो । बैठकमा नेताहरूको कार्य विभाजनलाई अन्तिम रूप दिने तयारी छ । बैठकमा आगामी जागरण अभियानबारे पनि  छलफल हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

यसअघि मङ्गलवारको बैठकमा काँग्रेस महासमिति बैठकले गरेको निर्णय, सुदूरपश्चिम प्रदेशमा माओवादीभित्र देखिएको विवाद र राष्ट्रियसभा अध्यक्ष सम्बन्धमा गम्भीर छलफल भएको थियो । मङ्गलवार बिहान बसेको बैठकबाट ठोस निष्कर्ष नआउँदा आज पुनः बैठक बस्न लागेको हो । प्र

प्रतिक्रिया दिनुहोस्