एमाले सरकार ढाल्नेमा नभई मिसन ८४ मा लागेको छ : अध्यक्ष ओली



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन जुनसुकै बेला फुट्न सक्ने बताएका छन् । बुधवार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले गठबन्धन खरानीको डल्लो भएकाले जुनसुकै बेला फुट्न सक्ने बताएका हुन् । ओलीले एमाले सरकार ढाल्ने भन्दा पनि मिसन ८४ केन्द्रित रहेको बताएका छन् ।

उनले भने, ‘खरानीको डल्लो सुक्यो भने पनि फुट्छ । भिज्यो भने पनि फुट्छ । यसको कुनै अर्थ छैन । हामी मिसन ८४ मा लागेका छौँ । सरकार फेर्ने बदल्ने खेलमा छैनौँ । ’

प्रतिक्रिया दिनुहोस्