माइतीघर खुला गर्न माग गर्दै राजेन्द्र महतो नेतृत्वमा प्रदर्शन



काठमाडौँ । माइतीघर खुला गर्न माग गर्दै बुधवार काठमाडौँमा प्रदर्शन गरिएको छ । राजेन्द्र महतो नेतृत्वमा भएको प्रदर्शन भद्रकालीमा आइपुग्दा प्रहरीले रोकेको छ ।

प्रदर्शनकारीहरू माइतीघरतर्फ अगाडि बढ्न खोजेपछि धकेलाधकेल समेत भएको हो । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेका महतोले सोमबार (१४ फागुन) राष्ट्रिय मुक्ति क्रान्ति नामक अभियान घोषणा गरेका थिए । महतो समूहको उपत्यका विशेष ब्युरोले निषेधित क्षेत्र तोड्ने आन्दोलन आयोजना गरेको थियो ।

डिल्लीबजार चारखालबाट सुरु भएको आन्दोलन पुतलीसडक, बागबजार घण्टाघर हुँदै भद्रकाली आएपछि प्रहरीले रोकेको हो । भद्रकालीदेखि अगाडिको क्षेत्र जिल्ला प्रशासन कार्यालय काठमाडौँले निषेधित क्षेत्र तोकेकाले प्रहरीले आन्दोलनकारीलाई त्यहीँ रोकेको हो ।

प्रतिक्रिया दिनुहोस्