राप्रपाद्वारा रुस-युक्रेन युद्धमा रहेका नेपालीको उद्धार गर्न सार्वजनिक महत्वको प्रस्ताव दर्ता



काठमाडौँ । प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको छ । आज बिहीबार रुस र युक्रेनबिचको युद्धमा पसेका वा सहभागी भएका नेपालीहरूलाई उद्धारको विषयमा राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् । उनको प्रस्तावमा सांसदहरू वीना लामा, अनिशा नेपाली र वीना जैसवालले समर्थन जनाएका छन् ।

उनीहरूले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ७१ अन्तर्गत जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल तथा सरकारलाई कार्यान्वयन गर्न माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्