गठबन्धन केही हुँदैन : शेरबहादुर देउवा



काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनमा केही फेरबदल  नहुने दाबी गरेका छन् । राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने माओवादी निर्णयसँगै सत्ता गठबन्धनबारे प्रश्न उठेको छ । तर, देउवाले भने गठबन्धन केही नहुने बताएका छन् ।

भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन चितवन पुगेका देउवाले भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग अलग-अलग पार्टी भएकाले निर्णय गर्नु स्वाभाविक भएको बताए । देउवाले भने, ‘अलग अलग पार्टी हो, निर्णय गर्‍यो त के भयो रु हामी पनि गर्छौँ । तर गठबन्धन केही हुँदैन ।’

कृष्ण सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने सहमति के हुन्छ त भन्ने प्रश्नमा उनले भने, ‘सरसल्लाह गरेर दिने हो । सल्लाह भइसकेको छ, फेरि हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्