सरकार र दुग्ध किसानबिच भएको पाँच बुँदे सहमति



काठमाडौँ । आन्दोलनरत दुग्ध किसान र नेपाल सर कारबिच ५ बुँदे सहमति भएको छ । शनिवार  सरकार र दुग्ध किसानबिच सहमति भएसँगै आन्दोलनका स्थगन भएको हो ।

सहमति अनुसार दुग्ध उत्पादक कृषकहरूलाई दूध बिक्री गरे बापत पाउनुपर्ने रकम निरन्तरता दिँदै २०८० पुस मसान्तसम्मको रकमको भुक्तानी प्रत्येक उद्योगीहरूले यही २०८० साल चैत्र २१ सम्म गरिसक्ने भनिएको छ । त्यस्तै प्रत्येक उद्योगले सहकारीबाट खरिद गरिरहेको दूधको परिमाणलाई नघटाई मिल्क होलिडे नहुने गरी निरन्तर खरिद गरिरहने पनि सहमति भएको छ ।

केन्द्रीय दुग्ध सहकारी सङ्घ लि। नेपालले दुग्ध उत्पादक कृषकहरूबाट दूध बिक्री गरे बापत दुग्ध उद्योगहरूबाट पाउनुपर्ने रकम लामो समय देखि रोकिएकोले उक्त रकमको भुक्तानीको माग राखी फागुन ८ गतेदेखि विभिन्न किसिमबाट आन्दोलनका कार्यक्रम गरिरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्