जनकपूरमा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई दुई सय किलोको मालाले स्वागत



 काठमाडौँ । जनकपुरमा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई दुई सय किलोको मालाले स्वागत गरिएको छ । एमाले नेता कार्यकर्ताहरूले जनकपुरधाम विमानस्थलमा दुई सय किलोको फूलको मालाले पौडेललाई स्वागत गरेका हुन् । त्यस क्रममा उपाध्यक्ष विष्णु पौडेलले सत्ता गठबन्धन जुनसुकै बेला फुट्न सक्ने बताए ।

उनले पछिल्लो समय गठबन्धनमा खटपट बढ्दै गएकाले जुनसुकै बेला फुट्न सक्ने बताएका हुन् । गठबन्धन फुटेपछि नेकपा एमालेले सत्ताको लागि सोच्ने उनको भनाइ छ ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिको रूपमा अध्यक्ष ओलीलाई बोलाइए पनि अन्तिम समयमा उनी आउने कार्यक्रम स्थगित भएको थियो ।

ओलीको स्वागतका लागि मालासहित पुगेको जनकपुरधाम उपमहानगरपालिका कमिटीले विमानस्थलमा मात्रै ओली नआउने थाहा पाएको थियो। ओली नआएपछि तयार पारेको माला उपाध्यक्ष पौडेललाई लगाएर स्वागत गरेको एमाले नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्