त्रिकोणात्मक टि-२० सिरिजको फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्ने



काठमाडौँ । त्रिकोणात्मक टि-२० सिरिजको फाइनलमा मङ्गलवार नेपाल र नेदरल्यान्ड्स भिड्ने भएका छन् । अङ्क तालिकामा नेदरल्यान्ड्स ४ खेलमा ५ अङ्क जोड्दै शीर्ष स्थानमा रहदैँ फाइनमा पुगेको हो ।

नामिबिया र नेदरल्यान्ड्सबीच जारी लिग चरणको अन्तिम खेल वर्षाको कारण रद्द भएपछि अङ्कको आधारमा नेदरल्यान्ड्स फाइनल प्रवेश गर्न सफल भयो । यससँगै फाइनलमा नेपाल र नेदरल्यान्ड्स भिड्नेछन् । नेपाल भने लगातार दुई खेल जित्दै फाइनल पुगेको हो ।

घरेलु मैदान र दर्शकहरूको साथमा नेपाल मङ्गलवार टि-२० सिरिजको उपाधि जित्न लक्ष्यमा हुने छ । त्यस्तै नेदरल्यान्ड्स पनि नेपाललाई घरेलु मैदानमै हराएर टि-२० सिरिजको उपाधि जित्ने दाउमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्