‘मधानी महायज्ञ महोत्सव’को तयारी पुरा



'मधानी महायज्ञ महोत्सव

काठमाडौँ । मौलापुर नगरपालिकामा रहेको महादेव मन्दिरमा हुने मधानी महायज्ञ महोत्सवको तयारी पुरा भएको छ । मधानी महायज्ञ महोत्सवको तयारी पुरा भएको  मौलापुर मधानी महायज्ञ आयोजक समितिले जनाएको छ ।

समितिले बैठक बसी आज सम्पूर्ण यज्ञको तयारीबारे जानकारी गराएको हो । मधानी महोत्सव-२०८० लाई  भव्य बनाउन सक्रिय समिति र उपसमितिहरूले आ-आफनो कार्य प्रगति बारे रिपोर्ट उत्साहजनक रहेकोले महोत्सव भव्य हुने जनाएको छ । पतौरा महादेव मन्दिरलाई विश्व सम्पदा सूचिमा सूचीकृत गराउने सङ्कल्प सहित  मधानी महायज्ञको आयोजना गरिएको हो ।

फागुन २३ गते ३ बजे शिव बारात यात्रा, २४ गते ११ बजे मधानी विशेष पूजा, २५ गते सांस्कृतिक विशेष कार्यक्रम, २६ गते अन्तर्राष्ट्रिय दङ्गल प्रतियोगिता  गरिने कार्यक्रमको तालीका रहेको छ । मौलापुर नगरपालिकामा रहेको महादेव मन्दिरमा हुने मधानी महायज्ञ महोत्सव यस वर्ष पाँच दिन सम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस्