नेपाल र नेदरल्यान्ड्स बिचको फाइनल खेलका लागि १२ हजार टिकट वितरण, दर्शकले खचाखच हुने पक्का 



नेपाल र नेदरल्यान्ड्स

काठमाडौँ । नेपाल र नेदरल्यान्ड्सबीच त्रिदेशीय टी–२० शृङ्खलाको उपाधिका लागि मंगलबार प्रतिस्पर्धा हुने भएको छ । तीन देश सम्मिलित शृङ्खलाको शीर्ष दुई स्थानमा रहँदै दुवै टोलीले उपाधि भिडन्त पक्का पारेका हुन् । प्रतियोगितामा सहभागी तेस्रो टोली नामिबिया फाइनल पुग्न वञ्चित भएको छ । चार खेलमा नेदरल्यान्ड्सको दुई जितसहित पाँच अङ्क छ ।

May be an image of one or more people, crowd and text

घरेलु टोली नेपालले चार अङ्क र नामिबियाले तीन अङ्क जोडेका छन् । प्रतियोगिताको आइतबार नामिबिया र नेदरल्यान्ड्सबीचको खेल वर्षाका कारण स्थगित भयो । खेल स्थगित भएसँगै दुवै टोलीले अङ्क बाँडे । यसको फाइदा नेदरल्यान्ड्सलाई भयो । नेदरल्यान्ड्स सर्वाधिक पाँच अङ्कसहित शीर्ष स्थानमा रह्यो । तीन अङ्क जोडेको नामिबिया पुछारमा रह्यो ।

May be an image of 1 person, playing football, grass and text that says "CAN"

यसअघि नेपालले शनिबार नेदरल्यान्ड्सलाई ६ विकेटले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको थियो । भोली हुने फाइनल खेलको लागि  करिब ५० प्रतिशत टिकट भने बिक्री भइसकेको छ । क्यान अहिले सम्म १२ हजार टिकट बिक्री भइसकेको जानकारी गराएको हो । पछिल्लो समय नेपालको जुनसुकै खेल हुँदा नेपाली दर्शको ओइलो लाग्ने गरेको छ । नेपाल र नेदरल्यान्ड्स बिचको फाइनल खेलमा दर्शक खचाखच हुने भएका छन् ।

May be an image of 1 person, crowd and text

प्रतिक्रिया दिनुहोस्