बालुवाटारमा नयाँ गठबन्धन



काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी रहेको छ । बैठकमा एमाले, माओवादी केन्द्र र रास्वपाका शीर्ष नेताहरू सहभागी छन् ।

उनीहरूले मन्त्रिपरिषद्मा सहभागी हुनेहरूको नामावली प्रधानमन्त्रीलाई बुझाउने छन् । एमाले र रास्वपालाई समेट्दै मन्त्रिपरिषद् पुनर्गठन हुन लागेको हो ।  प्रधानमन्त्री प्रचण्डले जसपासँग पनि मन्त्री बन्नेहरूको नाम मागेका जनाइएको छ ।

प्रधानमन्त्री प्रचण्डले अहिलेको मन्त्रिपरिषद्को पूरै सेट परिवर्तन गरेर तत्काललाई सानो आकारको मन्त्रिपरिषद् गठनको तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्