प्रतिनिधिसभाको बैठक फागुन २४ गतेसम्मका लागि स्थगित



काठमाडौँ । सत्ता गठबन्धनमा आएको फेरबदलसँगै प्रतिनिधिसभाको बैठक फागुन २४ गतेसम्मका लागि स्थगित गरिएको छ । सङ्घीय संसद् सचिवालयले सोमबार बिहान ११ बजेका लागि तय भएको बैठक सूचना टाँस गरेर स्थगित गरेको हो ।

विशेष परिस्थितिका कारण प्रतिनिधि सभाको आजको बैठक फागुन २४ गते बिहीबार बिहान ११ बजेका लागि सूचना टाँसेर स्थगित गरिएको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्