![](https://i0.wp.com/www.thenepaltop.com/wp-content/uploads/2024/03/dipi.png?fit=1200%2C720&ssl=1)
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति डीपी अर्याल मन्त्री बन्ने भएका छन् । सोमबार उनले मन्त्री पदको शपथ लिने रास्वपा स्रोतले जनाएको छ ।
नयाँ सत्ता समीकरणमा रास्वपाबाट सभापति रवि लामिछाने नै सरकारमा सहभागी हुन चाहेका थिए । गृह मन्त्री बन्न चाहेका उनलाई नयाँ सत्ता समीकरणमा रहेका दलहरू नेकपा एमाले र नेकपा माओवादी केन्द्रले गृह मन्त्रालय दिन चाहेनन् ।