नेपालले पहिला ब्याटिङ गर्दै



काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० सिरिजको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध खेल्ने टोलीमा कुनै परिवर्तन गरेको छैन ।नेपालका कप्तान रोहित कुमार पौडेलले टस जितेर पहिलो ब्याटिङ रोजेका हुन् । यसक्रममा लिग चरणमा नेदरल्यान्ड्सलाई हराएको टोली नै आज खेल्नेछ ।

नेदरल्यान्ड्सले भने पछिल्लो खेलबाट २ परिवर्तन गर्ने क्रममा आर्यन दत्त र नोआ क्रोसलाई विश्राम दिएको छ । फ्रेड क्लासेन र शारिज अहमद टोलीमा आएका छन् । नेपालको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, प्रतिश जिसी, अभिनाश बोहोरा र आरिफ शेख रहेका छन् ।

नेदरल्यान्ड्सको टोलीमा म्याक्स ओ डाउड, स्कट एडवार्ड्स, शारिज अहमद, साइब्रान्ड एंगलब्रेक्ट, फ्रेड कलासेन, भिभिएन किंग्मा, रोलफ भान डर मर्व, माइकल लेभिट, तेजा निदामानुरु, टिम भान डर गुग्टेन, विक्रमजित सिंह रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्