पिएसजीको क्वाटरफाइनलमा यात्रामा एमबाप्पेको गोल



काठमाडौँ । फ्रान्सेली टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । स्पेनिस टोली रियल सोसिडाडलाई मंगलबार अन्तिम १६ को दोस्रो लेगमा २-१ हराएपछि पिएसजी समग्रमा ४-१ अग्रतासहित अन्तिम ८ मा पुगेको हो।

पिएसजीले पहिलो लेगमा २-० ले विजयी‌ भएको थियो। दोस्रो लेगमा पिएसजीका लागि दुवै गोल केलियन एम्बाप्पेले गरेका हुन् । १५ औं मिनेटमा ओस्मन डेम्बेलेको पासमा एम्बाप्पेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । उनले ५६ औं मिनेटमा लि काङको पासमा अर्को गोल थपेका थिए।

खेल सकिन एक मिनेट बाँकी रहँदा रियल सोसिडाडका लागि मिकेल मेरिनोले गोल फर्काएपनि त्यसले नतिजामा फरक परेन । अर्को खेलमा ह्यारी केनले २ गोल गरेपछि बायर्न म्युनिख लाजियोलाई हराउँदै च्याम्पियन्स लिगको क्वाटरफाइनल पुगेको छ। बार्यनले दोस्रो लेगमा लाजियोलाई ३-० ले हराएको थियो।

समग्रमा ३-१ को अग्रता सहित बायर्न अन्तिम ८ मा पुगेको छ। पहिलो लेगमा लाजियो १-० ले विजयी‌ भएको थियो। ३८ औं मिनेटमा केनले हेडर गोल गर्दै खेलमा अग्रता दिलाएका‌ थिए।

पहिलो हाफको इन्ज्युरी समयमा थोमस मुलरले हेडर गोल गर्दै अग्रता दोब्बर पारेका थिए। ६६ औं मिनेटमा केनले अर्को गोल गरेपछि टोलीको क्वाटरफाइनल यात्रा सहज बनेको थियो। एजेन्सी

प्रतिक्रिया दिनुहोस्