सहकार्यका लागि नेपाललाई देउवाको प्रस्ताव



काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालसँग भेटेर सहकार्यको प्रस्ताव राखेका छन्। बुधवार बिहान नेपालको निवास कोटेश्वर पुगेर सभापति देउवाले आगामी दिनमा पनि सहकार्यको प्रस्ताव गरेका हुन्।

देउवा र नेपालको भेटवार्तामा सहभागी काँग्रेस प्रमुख सचेतक रमेश लेखकले पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमका बारेमा केन्द्रित रहेर कुराकानी भएको जानकारी गराए। नेपालसँग छलफल सकारात्मक रहेको भन्दै संवादलाई निरन्तरता दिइने लेखकको भनाइ रहेको छ । लेखकका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक धोका दिएर गठबन्धन भत्काएको देउवा र नेपाल साझा बुझाइ थियो । गत वर्ष पुस १० मा प्रचण्डले एमालेसहितको गठबन्धन बनाउँदा नेपाल काँग्रेस नेतृत्वकै गठबन्धनमा रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्