एमाले सचिवालय बैठक बस्दै



काठमाडौँ । सत्तारूढ दल नेकपा (एमाले)को सचिवालय बैठक शुक्रवार बस्दै छ। पार्टी कार्यालय च्यासलमा बिहान ९ बजे बैठक बस्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

माओवादी केन्द्रसहितका दलको नयाँ गठबन्धन, सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्न बैठक बोलाइएको हो। त्यस्तै, एमालेले राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने पनि तयारी गरेको छ। यसबारे पनि सचिवालय बैठकमा छलफल हुने छ ।

एमालेको फागुन ८, ९ र १० गते सातौँ केन्द्रीय कमिटीको बैठक बसेको थियो। केन्द्रीय सदस्यहरूले दिएका सुझावहरू समेटेर दस्ताबेजलाई पूर्णता दिने विषयमा पनि सचिवालय बैठकमा छलफल हुनेछ।

यसै गरी एमालेले २०८१ भरि सङ्गठन शुद्धीकरण र सुदृढीकरण अभियान चलायन लागेको छ। यसको कार्य योजना पनि सचिवालय बैठकले बनाउने छ।

प्रतिक्रिया दिनुहोस्