नेपालले हङकङविरुद्ध फिल्डिङ गर्दै,  टी-२०मा आकाश चन्दको डेब्यु



काठमाडौँ । नेपालले एक मात्रै टी-२० आई खेलमा घरेलु टोली हङकङसँग टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् ।

आजको खेलमा नेपालले तीव्र गतिका बलर आकाश चन्दले डेब्यू गरेका छन् । उनले टी-२० आई खेलमा डेब्यू गरेका हुन् । नेपालबाट दुई ओडीआई खेल खेलेका छन् । अघिल्लो महिना क्यानडासँग ओडीआई खेलमा उनले नेपालको लागि डेब्यू गरेका थिए ।

नेपाल, पपुवा न्युगिनी र हङकङबीच त्रिकोणात्मक टी-२० आई सिरिज हुनुअघि यो खेल खेल्न लागेको हो ।

नेपालको प्लेइङ ११

रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी (विकेट किपर), गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, सागर ढकाल, प्रतिश जिसी, आकाश चन्द ।

प्रतिक्रिया दिनुहोस्