हायातको शानदार शतकमा नेपालसामु विशाल लक्ष्य



काठमाडौँ । नेपालविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा हङकङले २ सय १३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १२ रन जोडेको हो ।

बाबर हायातले शतक बनाउँदै टोली विशाल लक्ष्य खडा गर्न महत्त्वपूर्ण योगदान दिए । अन्तिम ओभरमा आकाश चन्दको बलमा आउट हुन अघि उनले मात्र ४९ बलमा ११० रन बनाए । उनले यस क्रममा ३ चौका र १३ छक्का प्रहार गरे ।

प्रतिक्रिया दिनुहोस्