नेपाल र हङकङबीचको खेलमा पानी बाधक 



त्रिकोणात्मक टी-२० आई सिरिज

काठमाडौँ । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीचको खेल पानीले प्रभावित भएको छ । नेपालविरुद्ध घरेलु मैदान मोङ कोकमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले ५ ओभरमा १ विकेट गुमाएर ४३ रन बनाएको स्थितिमा पानी परेपछि खेल प्रभावित बनेको हो ।

नेपालका लागि करण केसीले पहिलो बलमै विकेट लिएका हुन् ।  हङकङका मार्टिन कोट्जे गुल्शन झाको हातबाट क्याच आउट भए । नेपाल दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, आसिफ शेख र सोमपाल कामी लगायतका पहिलो रोजाईका खेलाडी बिना नै हङकङ पुगेको छ । शनिवार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्