गौर हत्याकाण्डका मुख्य अभियुक्त उपेन्द्र यादवलाई मन्त्रीको जिम्मेवारी तोकिएकोप्रति आपत्ति



काठमाडौँ । गौहत्याकाण्ड पीडित सङ्घर्ष समितिले गौर हत्याकाण्डका मुख्य अभियुक्त उपेन्द्र यादवलाई नेपाल सरकारको उपप्रधान सहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको जिम्मेवारी तोकिएकोप्रति आपत्ति जनाएको छ । गौहत्याकाण्ड पीडित सङ्घर्ष समितिले आज एक प्रेस विज्ञप्ति जारी गर्दै  आपत्ति जनाएको हो ।

अमानुषिक एवं बीभत्स गौर हत्याकाण्डका अपराधीहरूलाई कारबाही गर्ने नेपाल सरकारले पीडितसँग गरेको लिखित सम्झौता एवं प्रतिबद्धता विपरीत उल्टै मुख्य अपराधीलाई नै मन्त्री बनाउने कार्य गरेको भन्दै  गौहत्याकाण्ड पीडित सङ्घर्ष समितिले आपत्ति जनाएको हो ।

 विज्ञप्तिमा भनिएको छ , ‘गौर हत्याकाण्डका मुख्य अभियुक्त उपेन्द्र यादवलाई आज नेपाल सरकारको उपप्रधान सहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको जिम्मेवारी तोकिएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अमानुषिक एवं बीभत्स गौर हत्याकाण्डका अपराधीहरूलाई कारवाई गर्ने नेपाल सरकारले हामी पीडितसँग गरेको लिखित सम्झौता एवं प्रतिबद्धता विपरीत उल्टै मुख्य अपराधीलाई नै मन्त्री बनाउने कार्य आपत्तिजनक, दुखद एवं निन्दनीय मात्र नभई कानुनी शासनको उपहास पनि हो । यस हर्कतले न्यायको परखाईमा रहेका हामी पीडितलाई झन पीडित एवं मर्माहत बनाएको छ ।यसर्थ, यस गलत एवं घोर भर्त्सना योग्य निर्णयलाई तुरुन्त फिर्ता लिई उपेन्द्र यादवलाई पदबाट बर्खास्त गर्दै कानुनी कारवाईका लागि मार्ग प्रशस्त गर्न तथा देशमा मानव अधिकार तथा विधिको शासन लागू गर्न गराउन हाम्रो सङ्घर्ष समितिको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यू सहित सम्बन्धित सबै पक्षको विनम्रतापूर्वक गम्भीर ध्यानाकर्षण गराउन चाहन्छौँ । अन्यथा, हामी पीडितहरू न्याय पक्षधर जनताहरूको सहयोगमा पुनः सशक्त सडक सङ्घर्ष गर्न बाध्य हुने र यसबाट सृजित हुने सम्पूर्ण क्षतिको जिम्मेवारी नेपाल सरकारले लिनुपर्ने विषय चेतावनीका साथ अग्रिम रूपमा जानकारी गराउन चाहन्छौँ ।’

No description available.

 

प्रतिक्रिया दिनुहोस्