नेपालले पिएनजीविरुद्ध टस हार्यो, ब्याटिङ गर्दै



काठमाडौँ । हङकङ त्रिकोणात्मक टि२० सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले टस हारेको छ । पिएनजी कप्तान असद भालाले टस जितेर फिल्ड गर्ने निर्णय लिएपछि नेपाल पहिलो ब्याटिङ गर्दैछ । नेपालले हङकङसँग पहिलो खेल वर्षाको कारण रद्द भएपछि अङ्क बाँडेको थियो । यस खेल्ने जिते नेपाल फाइनल पुग्नेछ ।

पछिल्लो खेलबाट नेपालले एक परिवर्तन गरेको छ । बिरामी भएका अभिनाश बोहोराको स्थानमा नेपालले आज आकाश चन्दलाई अवसर दिएको छ । नेपालको प्लेइङ ११ मा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, विनोद भण्डारी, सन्दीप जोरा, आरिफ शेख, गुलशन झा, लोकेश बम, विवेक यादव, करण केसी, आकाश चन्द, प्रतिश जिसी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्