सामाजिक सञ्जालमा भ्रम फैलाएको भन्दै राप्रपाका तीन नेता निलम्बित



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले तीन जना नेतालाई निलम्बन गरेको छ । सामाजिक सञ्जालमा पार्टी हित विपरीत भ्रम फैलाउने, पार्टीको नीति, नेतृत्व र एकता विरुद्ध निरन्तर नकारात्मक धारणा दिँदै  आएको भन्दै पार्टीले उनीहरूलाई निलम्बन गरेको हो ।

निलम्बनमा पर्नेहरूमा महाधिवेशन प्रतिनिधिद्वय पूर्व केन्द्रीय सदस्यहरू सिन्धुपाल्चोकका भीमसेन खनाल, दाङका हंसराज केसी र बर्दियाको ठाकुरबाबा नपाका पूर्व अध्यक्ष गोरख बहादुर बम रहेका छन् । अनुशासन समितिको सिफारिसमा उनीहरूलाई पार्टी सदस्यबाट निलम्बन गरिएको राप्रपा स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्