उपाधिका लागि नेपालले पपुवा न्युगिनीको सामना गर्दै



काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टीट्वेन्टी शृङ्खलाको उपाधिका लागि नेपालले  आज पपुवा न्युगिनी (पीएनजी) को सामना गर्दै छ। दुई देशबिचको फाइनल खेल आज दिउँसो पौने १२ बजेदेखि हुनेछ।

मङ्गलवार भएको खेलमा नेपालले पीएनजीलाई ८५ रनले हराएको थियो। मङ्गलवार नै भएको दोस्रो खेलमा पीएनजीले घरेलु टोली हङकङलाई पराजित गरेपछि नेपालसँगको उपाधि भिडन्त पक्का गरेको हो।नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याएको पीएनजी १६.१ ओभरमा एक सय १३ रनमै समेटिएको थियो।

प्रतिक्रिया दिनुहोस्