प्रतिनिधिसभा बैठक बस्दै



प्रतिनिधिसभा बैठक

काठमाडौँ । प्रतिनिधिसभा बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्न लागेका हो । बैठक सांसद प्रेम सुवालले ‘सङ्घीय निजामती सेवा विधेयक,२०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्माणार्थ प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख गरिएको छ ।

त्यस्तै ,सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० र निर्माणमुखी सामाग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्