धनकुटामा आगलागी हुँदा ३ घर जलेर नष्ट



आगलागी

काठमाडौँ । धनकुटामा आगलागी हुँदा ३ घर जलेर नष्ट भएको छ।  धनकुटा-१० उत्तरपानीमा बिहीबार बिहान १०:३० बजेदेखि आगलागी भएको हो ।  अहिले आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालयले जनाको छ ।  आगलागीबाट मानवीय क्षति भने भएको छैन। कमला नेपाल मोक्तानको घरबाट बिहान १०:३० बजे आगो सल्किएको थियो।

आगलागीले मेहरमान मोक्तानको २ घरमा क्षति पुगेको छ। साथै उनको किराना पसलमा आगलागीबाट ३० लाख क्षति पुगेको थियो। चुल्होमा बालेको दाउराबाट आगलागी सुरु भएको हुन सक्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्