दीपक मनाङेले त्यागे एकीकृत समाजवादी



दीपक मनाङे

काठमाडौँ । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेले एकीकृत समाजवादी त्यागेको घोषणा गरेका छन् । स्वतन्त्र सांसद जितेपछि नेकपा एस प्रवेश गरेका मनाङेले पुनः स्वतन्त्र सांसदको हैसियत दिन गण्डकी प्रदेशसभा सचिवालयमा निवेदन दिएका हुन् ।

उनले मङ्सिर १९ गते नेकपा एसमा प्रवेश गरेका थिए । उनले गठबन्धनका कारण देशमा अस्थिरता मौलाउने भन्दै आफू पार्टीबाट अलग भएको बताएका छन् ।

‘स्वतन्त्र रूपमा मनाङे जनताको मन जितेर निर्वाचित भएको र आजको मितिदेखि नेकपा एकीकृत समाजवादी दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्याइ स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन प्रदेशसभा सचिवलाई निवेदन पेस गर्दछु’, उनले निवेदनमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्