इलाम-२ मा काङ्ग्रेसबाट ७ जनाको नाम सिफारिस



काठमाडौँ । इलाम–२ मा १५ वैशाखमा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा नेपाली काँग्रेसको क्षेत्रीय समितिले ७ जनाको नाम सिफारिस गरेको छ । काँग्रेसको इलाम-२ क्षेत्रीय कार्यसमिति, प्रदेश प्रतिनिधि र महाधिवेशन प्रतिनिधिको संयुक्त बैठकले सर्वसम्मत रूपमा ७ जनाको नाम सिफारिस गरेको हो ।

सिफारिस हुनेहरूमा भेषराज आचार्य, डम्बरबहादुर खड्का, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बु र शान्तिकला राई तामाङ रहेका उपसभापति खगेन्द्र देवानले जानकारी दिए । आएका नाममलाई ८ चैतभित्र रायसहित प्रदेश कार्यसमितिमा पठाइने छ । प्रदेशले १० चैतमा उम्मेदवार आकाङ्क्षीको नाम केन्द्रमा पठाउनेछ ।

पहिलो नम्बरमा सिफारिस भएका आचार्य काँग्रेस महासमिति सदस्य तथा २०७० सालको संविधानसभा निर्वाचनमा एमाले नेता सुवासचन्द्र नेम्वाङसँग पराजित उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस्