नेपाल आज बहराइनको सामना गर्दै 



काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीले आज फिफा विश्वकप तथा एएफसी एसियन कप छनोटको दोस्रो चरणमा घरेलु टोली बहराइनको सामना गर्नेछ। नेपाली समयअनुसार खेल राती १२:४५ बजे सुरु हुनेछ। займ безработным.

दशरथ रङ्गशालाको मैदान खेल्न उपयुक्त नभएपछि दुवै लेग बहराइनमा हुँदै छ। नेपाल पहिलो चरणमा लाओसलाई समग्रमा १–० ले हराउँदै दोस्रो चरणमा पुगेको‌ थियो।

समूह ‘एच’ मा २खेल खेलिसके पनि नेपाल अङ्कविहीन छ । समूहमा नेपाल,बहराइनसहित यमन र संयुक्त अरब इमिरेट्स (युएई) छन् । नेपालले यसअघि युएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो ।

बहराइनले ३ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ। युएईसँग २–० ले पराजित बहराइनले यमनमाथि २–० को जित निकालेको थियो।

मलेसिया एउटा मैत्रीपूर्ण खेल खेलेर नेपाली टोली बहराइन पुगेको थियो। टोलीसँग अनावश्यक पदाधिकारीलाई मलेसिया र बहराइन पठाएपछि अखिल नेपाल फुटबल सङ्घ विवादमा परेको छ । मलेसियामा १० जना र राष्ट्रिय खेलकुद परिषद्ले स्वीकृति नदिए पनि एन्फाले ८ जनालाई बहराइन पठाएको छ।

प्रतिक्रिया दिनुहोस्