इलाम-२ मा एमालेबाट सुहाङ नेम्वाङ



सुहाङ नेम्वाङ

काठमाडौँ । इलाम-२ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने भएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार चयन गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी गराएका हुन् ।

सिंगो पार्टी शक्ति उम्मेदवार विजयी गराउन केन्द्रित हुने र अरू पार्टीहरूलाई पनि हाम्रो उम्मेदवारलाई सहयोग गर्न अपिल गर्ने निर्णय गरेको छ उपमहासचिव ज्ञवालीले बताएका छन् ।

सुहाङ ४ मंसिर २०७९ को आम निर्वाचनमा त्यसै क्षेत्रबाट जितेका एमाले नेता सुवासचन्द्र नेम्वाङका छोरा हुन् । सुवास नेम्वाङको भदौ  २५ गते निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

यसअघि इलाम जिल्ला कमिटी र प्रदेश कमिटीले इलाम–२ का लागि सुहाङसँगै नेताहरू बुद्धि खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई, देवी क्षेत्री दुलाल र रिम्पल राई पनि सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्