नेपाल प्रहरीमा ३ डीआईजीको पद  खाली 



काठमाडौँ । नेपाल प्रहरीमा तीन जना नायव महानिरीक्षक (डीआईजी)हरुको पद रिक्त भएको छ । ५६ वर्षे उमेर हदका कारण अतिरिक्त प्रहरी महानिरीक्षक सन्दिप भण्डारी ५ वैशाखमा र एआईजी मीरा चौधरी थारु ७ वैशाखमा अवकाशमा गएका थिए ।

७ वैशाखमै गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा डीआईजी विकासराज खनाल पनि उमेर हदकै कारण ३० वर्षे सेवा अवधि बाँकी नै रहे पनि अवकाशमा गएका थिए ।

दुई एआईजी अवकाशमा जाने भएपछि उक्त ठाउँमा पद पूर्ति गर्न भन्दै गृहमन्त्रालयले डीआईजी उमेशराज जोशी र भीमप्रसाद ढकाललाई ३ वैशाखमा एआईजी बढुवाका लागि सिफारिस गरिएको थियो ।

उनीहरू दुई जना एआईजी बढुवामा सिफारिस भएसँगै रिक्त हुने दुई डीआईजी पद र विकासराज खनाल अवकाशमा गएसँगै रिक्त भएको एक पद गरी अहिले नेपाल प्रहरीमा तीन डीआईजीको दरबन्दी रिक्त भएको छ । रिक्त तीन डीआईजीमा बढुवाका लागि हालका आईजी वसन्तबहादुर कुँवरका ब्याचसहित अन्य एसएसपीहरु पनि प्रतिस्पर्धामा छन् ।

आईजी कुँवरका ब्याचीहरु कृष्णहरि शर्मा पोखरे, भोला रावल, ध्रुव राउत प्रतिस्पर्धामा छन् । उनीहरूपछि २०७९ असार २५ मा बढुवा भएका ३२ एसएसपी पनि बढुवाको प्रतिस्पर्धामा छन् । जसमा क्रमशः गणेश चन्द, सिद्धि विक्रम शाह, सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, दानबहादुर कार्की, डा। मनोज केसी, राजन अधिकारी, जीवनकुमार श्रेष्ठ, हिमालयकुमार श्रेष्ठ, डम्बर बहादुर विक, ओमबहादुर राना, इश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दीनेशकुमार आचार्य, अरुण पौडेल प्रतिस्पर्धामा छन् ।

त्यसै गरी गोन्दि थपलिया, माधव प्रसाद श्रेष्ठ, दिल्लीराज विष्ट, मनोजकुमार यादव, रेवती ढकाल, दीपेन्द्र घर्ती क्षेत्री, दीपक रेग्मी, दिलिप सिंह देउवा, विनोद घिमिरे, किसन सिंह थापा, सुदर्शन प्रसाद कोइराला, दीपककुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जिव शर्मा दास, लोकेन्द्र श्रेष्ठ, शारदा प्रसाद चौधरी बढुवाको प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया दिनुहोस्