यी हुन् बुद्धका दर्शनहरू   



काठमाडौँ । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतम अर्थात् बुद्धको २५६८ औँ जयन्ती आज मनाइँदै छ ।  प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । बौद्ध दर्शनले मुख्य प्रकाशमा ल्याएको सिद्धान्त ४ आर्यसत्य र दुःख निवारण गर्ने ८ मार्गहरू नै ज्ञानका प्रमुख सिद्धान्त हुन् । यसरी बौद्ध दर्शनमा उल्लेख गरिएका ४ आर्य सत्यहरू (चतुर आर्यसत्य)र दुःख निवारण गर्ने यी ८ मार्गहरू यस प्रकार छन् ।

१. संसारमा दुःख छ स् जरामरण, शोक, विछोड आदिका कारण यस संसारमा दुःख छ र दुःखबाट कोही पनि अछुतो छैन ।

२. दुःखका कारणहरू छन् स् दुःखका कारणलाई काम, भव र विभव भनी वर्गीकरण गरिएको छ । काम भन्नाले—मिठो खाने, भव भन्नाले—फेरि जन्म लिने र विभव भन्नाले—धन सम्पत्ति तृष्णाका कारण आर्जन गर्ने जस्ता कुराहरू नै दुःखका कारण हुन् । यही विभव कारणलाई नै प्रतीत्यसमुत्पादकरकार्य कारण सिद्धान्त भनिन्छ ।

३.दुःख नाश गर्न सकिन्छ स् यसका लागि तृष्णालाई स्थान नै नदिएर दुःख हटाउन सकिन्छ भन्ने यस दर्शनको मूलभाव रहेको पाइन्छ ।

४. दुःख निवारण गर्ने उपायहरू छन् स् अष्टाङ्ग मार्ग मार्फत दुःखलाई निवारण गर्न पनि सकिन्छ भन्नु यस दर्शनको अर्को सिद्धान्त हो ।

दुःख निवारण गर्ने ८ मार्गहरू भनी बुद्ध दर्शनमा वर्णन गरिएको छ, जुन यस प्रकार छन्–

१. सम्यक् दृष्टि, २.सम्यक् सङ्कल्प, ३. सम्यक् वचनरवाक्, ४. सम्यक् कर्मरकर्मान्त, ५.सम्यक् जीवनरआजीविका, ६.सम्यक् व्यायाम, ७. सम्यक विचाररस्मृति, ८. सम्यक समाधि ।

यो दर्शन नास्तिक हुँदाहुँदै पनि आत्माको अस्तित्व मानेको र पुनर्जन्म पनि हुन्छ भनी मानेको छ । आत्मा निरन्तर परिवर्तनशील छ र पुनर्जन्म परिवर्तनबाट हुन्छ भन्ने कुरा यस दर्शनमा पाइन्छ । यसलाई प्रतीत्यसमुत्पाद (एउटा वस्तुमा आश्रित भएर अर्को वस्तुको उत्पत्ति हुनु) पनि भनिन्छ । यस दर्शनले सांसारिक बन्धनलाई भवचक्र (सांसारिक चक्र) का रूपमा व्याख्या गरेको र मुक्ति पाउनुलाई निर्वाण प्राप्ति गर्नु भन्दछ ।

प्रतिक्रिया दिनुहोस्