दीपेन्द्रले चोटका कारण ह्युस्टनसँगको २ अभ्यास खेल गुमाउने, नेपालीलाई फ्लड लाइटमा खेल्न अप्ठ्यारो



काठमाडौँ । नेपालका प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरीले ह्युस्टनसँगको २ अभ्यास खेल गुमाउने भएका छन् । वेस्टइन्डिजमा दीपेन्द्रको खुट्टाको एंकलमा चोट लागेको थियो । दीपेन्द्रले ह्युस्टन हरिकेन्ससँग पहिलो खेल खेल्न गाह्रो छ । किनभने ठिक हुन २/३ दिन समय लाग्छ । त्यसपछि उनी मैदान फर्किने कप्तान रोहितले बताएका छन् ।

नेपालले नेदरल्यान्डस् बाहेक अन्य ३ खेल श्रीलङ्का, बङ्गलादेश र दक्षिण अफ्रिकासँग फ्लड लाइटमा खेल्नेछ । नेपालले आफ्नो क्रिकेट फ्लड लाइटमा निकै कम खेल्ने भएकाले अनुभव पनि कम छ । फ्लड लाइटमा खेल्न  नेपाली टोलीलाई अलिकति चुनौतीपूर्ण  हुन्छ । किनभने  नेपालीको फ्लड लाइडमा खेलेको अनुभव छैन । यसका लागि नेपालले आउने दिनमा फ्लड लाइटमा अभ्यास गर्छौँ नेपालका कप्तान रोहित पौडेलले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्