बालेनले केपी ओलीलाई भने : १० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनुहोला, नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला



 काठमाडौँ  । काठमाडौँ महानगरपालिकाका मेयर बोलेन्द्र शाहले सत्तारुढ दल नेकपा एमालेले १० हजार करोडको कान्ड लुकाउन अर्को कान्ड गरेर जनता झुक्काउनु खोजेको आरोप लगाएका छन् ।

उनले न्युरोडको शन्दर्भलाई लिएर एमाले अध्यक्ष ओली माथी सो आरोप लगाएका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा मार्फत भनेका छन्,”१० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू । झापा गिरिबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं ‘ भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।
यहि  १०  हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ ।
अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।
अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।”

 

प्रतिक्रिया दिनुहोस्