नेपाली टिमको जर्सीमा रास्वपाका संसद्हरू



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू नेपाली टिमको सम्मान र हौसलाका लागि संसद् बैठकमा टिमको जर्सी लगाएर सहभागी भएका छन् ।

नेपाली टिमको हौसलाका लागि नेपाली टिमको जर्सी लगाएका उनीहरूको प्रतिक्रिया रहेको छ । रास्वपाका सबै सांसदहरू जर्सीसहित संसद्मा जाँदा अन्य दल र स्वतन्त्र सांसदहरू भने अरू दिनझैँ औपचारिक पोसाकमा पुगेका थिए ।

नेपालले आईसीसी विश्वकपमा मङ्गलवार नेदरल्याण्डको सामना गर्दै छ । दोस्रो पटक आईसीसी टी–२० विश्वकपमा सहभागी भएको नेपालको सफलताका लागि राष्ट्रपति र प्रधानमन्त्रीसहित दलका नेताहरूले पनि शुभकामना दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्