महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी



काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले महासेठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।

प्रधानमन्त्री भारतीय समकक्षी नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आइतबार दिउँसो नयाँ दिल्ली प्रस्थान गरेका छन् । प्रचण्ड भोलि स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्