गीतकार भट्टराईका दुईवटा भजनसङ्ग्रह सार्वजनिक 



काठमाडौं : गीतकार कुमार भट्टराईद्वारा लिपिबद्ध दुई भजन सङ्ग्रह ‘शिव लिला’ र ‘अग्रता काली’ सार्वजनिक गरिएको छ । नेपाली काङ्ग्रेसका महामन्त्री डा.सशाङ्क कोइरालाले दुवै कृति विमोचन गरेका हुन् । दुबै भजन सङ्ग्रह हिन्दूधर्मसँग सम्बन्धित नेपाली भजन हुन् । 

 

‘शिव लिला’ एल्बममा मनोजराज शिवाकोटी, प्रताप दास, कर्माग्याल्छेन बम्जन, शान्तिश्री परियार र मनिषा पोख्रेलको स्वर रहेको छ भने ‘अग्रता काली’ एल्बममा मनोजराज शिवाकोटी, ईश्वर अमात्य, तुलसी पराजुली, प्रतापदास र विदुर वस्तीको स्वर रहेको छ । दुवै एल्बममा ६/६ वटा गीत समावेश छन् । सबै गीतमा बिजु बज्रको सङ्गीत रहेको छ । 

विमोचित दुई कृतिसँगै गीतकार भट्टराईका एल्बम तीन पुगेका छन् । यसअघि उनले २०७१ मा ‘अग्रता’ नामक एल्बम बजारमा ल्याएको थियो । 

 

प्रतिक्रिया दिनुहोस्