पैसा संकलन गरेर सडक कालोपत्रे 



लमजुङ : लमजुङमा स्थानीयहरुले पैसा संकलन गरेर सडक कालोपत्रे गरेका छन् । जिल्लाको सुन्दरबजार नगरपालिका–९, नयाँबजारका स्थानीयले पैसा संकलन गरी सडक कालोपत्रे गरेका हुन् । सुन्दरबजार नगरपालिकाबाट प्राप्त ४ लाख र स्थानीयबाट संकलित २ लाख गरी जम्मा ६ लाख रुपैयाँको लागतमा उनीहरुले सडक कालोपत्रे गरेको हुन् । 

 

नगरपालिकाबाट प्राप्त रकममा आफूहरुले पनि पैसा थप गरी ६५ मिटर लामो सडक कालोपत्रे गरिएको स्थानीयहरुले बताएका छन् । स्थानीयले सडक कालोपत्रे सँगै नालाको पनि मर्मत गरेका गरेका छन् । सडकको दायाँबायाँ रहेका १४ घरले फुटका हिसावले आर्थिक सहयोग जुटाएका हुन् । 

 

सडक कालोपत्रेको लागि स्थानीयले प्रतिफुट ५ सय २८ रुपैयाँका दरले रकम संकलन गरेका थिए । सडक कालोपत्रे बनेसँगै हिँड्डुलका साथै सवारी आवतजावतका लागि निकै सहज भएको स्थानीयले बताएका छन् । 

 

प्रतिक्रिया दिनुहोस्