श्रीयाकाे बलात्कारपछि हत्या भएकाे पुष्टि



पोखरा : पोखराको पुम्दीभुम्दीमा मंगलबार मृतावस्थामा फेला परेकी श्रीया विकको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबारै उनको पोस्टमार्टम गरिएको थियो। रिपोर्टमा बलात्कारपछि हत्या भएको देखिएको हो।

 

‘पोस्टमार्टममा भान्जीको योनांग सुन्निएको, टाउको र शरीरमा चोट लागेको देखियो,’ चिकित्सकहरुको भनाइ उद्धृत गर्दै मामा कृष्ण सुनारले जानकारी दिए । बालिका केही समयदेखि आमासँगै मामाघर बसेर अध्ययन गर्दै आइरहेकी थिइन्।

 

बिस्कुट किन्न जाँदा… 

सोमबार साँझ करिब ६ बजेतिर १० वर्षीया श्रीया घरबाट बिस्कुट किन्न निस्किन्छिन्। उनी बसेको घरदेखि जम्मा ५ मिनेटको दुरीमात्रै टाढा छ पसल। तर साँझ अबेर हुँदासम्म घर नफर्केपछि परिवारका अरु सदस्य अत्तालिन्छन्। र, खोजीका लागि जुट्छन्।

 

तर, भोलिपल्ट मंगलबार बिहानै श्रीया घर नजिकै मृत अवस्थमा फेला पर्छिन्। पोखराको कोदीमा क्षतविक्षत अवस्थामा फेला परेको शव वरिपरिका ढुंगामा समेत रगत लागेको भेटिन्छ। 'अर्धनग्न अवस्थामा उनको शव भेटियो,' डिएसपी नवीन कार्कीले जानकारी दिए।

 

बाबुले दुई वर्षअघि कान्छी आमा ल्याएपछि उनी आमा र दिदीसँगै मामा कृष्णको घरमा बस्दै आएका थिए। 'घर नजिकै उनी निस्किइरहन्थिन्। यस्तो होला भनेर हामीले सोचेका पनि थिएनौं,’ मामा कृष्ण सुनार सुनाउँछन्। 

 

हत्यारा पक्राउ

जिल्ला प्रहरी कास्कीले घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ। अनुसन्धानमा खटिएको टोलीले श्रीयाकै छिमेकीले बलात्कारपछि हत्या गरेको निस्कर्ष निकालेको हो। 

 

प्रहरी स्रोतका अनुसार घटनापछि आधा दर्जनभन्दा बढी शंकास्पद व्यक्तिलाई पक्राउ गरिएको थियो। ‘धेरैलाई पक्राउ गरे पनि मुख्य शंका तीन जनामाथि थियो। त्यसमध्ये एक जनाले आरोप स्वीकार गरेका छन्,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने। 

 

कास्कीका प्रहरी प्रवक्ता रवीन्द्र गुरुङले बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर घटनाबारे थप जानकारी दिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं– कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ

काठमाडौं : काठमाडौं उपत्यका कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने पछिल्लो २४ घण्टामा

काठमाडौं– सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइड निर्माणको काम दशैअगाडी नै सम्पन्न हुने

काठमाडौं– धेरै विधाका मानिसलाई सरकारले संविधान दिवसको अवसर पारेर विभुषित ग¥यो । खेलकुद क्षेत्रलाई योगदान

काठमाडौं : आन्तरिक वायुसेवा कम्पनीहरुले भाडा नबढाउन भएको छ । सरकारले भाडा बढाएर ५० प्रतिशत

काठमाडौं : नेपाली सेनामा कार्यरत एक सैनिकको कोराना संक्रमणबाट मृत्यु भएको छ । काठमाडौँमा सेवारत

धादिङ : पेट्रोल बोकेको ट्यांकर त्रिशूलीमा खसेको छ । पृथ्वी राजमार्गस्थित गल्छी बैरेनीको नमस्ते ग्यास

नेपालगञ्ज : बाँकेमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२१ पुरैनीका ५९

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्सले विजयी सुरुवात गरेको छ। उसले

काठमाडौं : रौतहटको चन्द्रनिगाहपुरकी कोरोना संक्रमित महिलाको चितवनमा मृत्यु भएको छ ।चितवनमा मेडिकल कलेज भरतपुरको

काठमाडौं : पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ५ विषयमा संविधान संशोधन गर्नुपर्ने बताएका छन्। शनिबार बिहान

नेपाल उद्योग वाणिज्य महासंघले मंसिर दोस्रो साता मात्रै साधरणसभा गर्ने निर्णय लिएको छ । शुक्रबार